मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुल्यो

मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुल्यो

असोज ३, मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार १६ जना नेपली विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ भने अरु अझै उपचाररत छन् ।

buy Viagra Professional, buy Zoloft.

मृत्यु हुनेमा धादिङ, बसेरी-३ का मिमबहादुर घले, रुपन्देही, मसिना-६ का रामकुमार यादव, डडेलुधरा, अमरगढी-५ का विशाल बुढाथोकी, सुनसरी, पश्चिमकुसाहा-९ का सन्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ छन् । अर्का मृतक आइत सिंह गोले हुन् तर, उनको जिल्ला यकिन हुन सकेको छैन ।

सोमबार सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गरेर नेपालीहरु विरामी परेको खबर आएपछि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल राति नै नेपालीहरु भर्ना भएको अस्पतालमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्