आज संविधान दिवस : समृद्धिको सपना अधुरै

आज संविधान दिवस : समृद्धिको सपना अधुरै

असोज ३,काठमाडौं । आज भन्दा तीन वर्ष अग अगाडि नेपालको संविधान जारी भएको थियो । लामो समयदेखि संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको धोको पुरा भएको दिन पनि हो, असोज ३ गते । यहि सिलशिलामा धेरै बलिदानहरु पनि भए । यहि इतिहाँसिक दिनको स्मरण गर्दै आज देशभर विभिन्न उत्सव तथा सभाहरुको आयोजना भईरहेको छ । यसलाई राष्ट्रिय पर्वको रुपमा मनाइदै छ । संविधान बने पनि तराई क्षेत्रमा यसलाई संशोधन गर्नु पर्ने माग बलियो छ जुन माग संविधान जारी हुँदा देखिकै हो ।
संविधान जारी भई स्थिर सरकार बने पनि नागरिकले अपेक्षा गरेको समृद्धि र विकासतिर सरकारको ध्यान त्यति जान सकेको छैन् । यसले नागरिकहरुलाई निराश बनाएको छ । सुखि नेपाली, समृद्ध नेपालको नारासहित अगाडि बढिरहेको केपि ओली सरकारले नागरिकको मन जित्न र नयाँ संविधानको रक्षा गर्न पनि समृद्ध नेपाल निर्माण गर्ने दिशातिर तिब्र गतिले अगाडि बढ्नुको कुनै अर्को विकल्प छैन् ।

प्रतिक्रिया दिनुहोस्