कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (हेर्नुहोस परीक्षा केन्द्र)

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (हेर्नुहोस परीक्षा केन्द्र)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर २६२ केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ।

दुइटा विषयमा मात्रै ग्रेड वृद्धिका लागि विद्यार्थीले परीक्षा दिन पाउने छन्। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले दिन सक्नेछन्। त्यस्तै, दुई विषयमा परीक्षा दिनेहरूका लागि भने पहिलो दिन सानो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ भने दोस्रो दिन ठूलो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ। परीक्षार्थीले तोकिएको केन्द्रबाट मात्रै परीक्षा दिनुपर्ने हुन्छ।

परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्