हाम्रो समाज र मुलुकको लागि सामाजिक कार्य अनिवार्य छ : त्रिचन्द्र पौडेल

हाम्रो समाज र मुलुकको लागि सामाजिक कार्य अनिवार्य छ : त्रिचन्द्र पौडेल

सामाजिक कार्य विशेष गरि समाज र नागरिकप्रति समर्पित कार्य हो । यो व्यक्तिगत स्वर्थबाट सधैं टाडा रहने गर्दछ । नेपालको  विकासक्रममा सामाजिक सेवा तथा कार्यको पनि लामो इतिहाँस छ । विभिन्न कालखण्डमा धेरै अभियान्ताहरुले सामाजिक सेवाको लागि जिवन समर्पित गरेका उदाहरणहरु कयौं छन् । हाल पनि यो क्रम जारी नै छ तर चरम राजनितिको छायाँले सामाजिक अभियान्ताहरुलाई छोपेको छ तर पनि अभियान्ताहरुको अभियानमा कुनै कमि आएको छैन् । यस्तै मध्येका एक सामाजिक अभियान्ता हुन् त्रिचन्द्र पौडेल । प्रस्तुत छ, उनै त्रिचन्द्र पौडेल को नजरमा सामाजिक सेवा तथा सामाजिक कार्यको बारेमा गरिएको भलाकुसारीको छोटो अंश :

तपाईको विचारमा सामाजिक कार्य भनेको के हो ?
मेरो विचारमा सामाजिक कार्य एउटा पेशा हो जसले वैज्ञानिक तरिकाबाट समस्याको समाधान गर्दछ । समाजलाई उन्नति तर्फ लैजानु, भत्केको मनलाई सिलाउनु नै सामाजिक कार्य हो ।

तपाईले चाहि के कस्ता सामाजिक कार्य गरिरहनु भएको छ त ?
मैले सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विभिन्नस्थानहरुमा गएर भुकम्प पिडितलाई राहत उपलब्ध गराए । गत साल तराईमा गएको बाढी पहिरोबाट त्रसित व्यक्तिहरुलाई सामाजिक एवंम मनोवैज्ञानिक तरिकाबाट सल्लाह पद्रान गरे । यस्तै म जहिले पनि सामाजिक कार्यमा तल्लिन छु र रहन्छु पनि ।
नेपालमा भएका सामाजिक कार्य तथा समाज सुधारका प्रयासहरुलाई कसरी हेर्नु भएको छ ?
बाहिर वा अन्तराष्ट्रिय स्तरबाट आउने सहयोगलाई कम गर्दै नेपाल सरकार आफैले दक्ष अनुभवि जनशक्ति उत्पादन गरि गुणात्मक शिक्षा प्रदान गर्नु पर्दछ । आत्मनिर्भरताले विस्तारै समाज सुधारको बाटोमा अगाडि बढ्छ ।
अन्त्यमा, तपाईको केहि भन्नु छ ?
सामाजिक कार्य हाम्रो जस्तो समाज र मुलुकको लागि अनिवार्य छ त्यसैले यसको लागि हामी सबैको संयुक्त पहल आवश्यक छ ।

depakote without prescription, clomid without prescription.

प्रतिक्रिया दिनुहोस्