पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक एकतर्फी

मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ।

राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो। अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन। चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो । यहाँ पटकपटक पहिरो खस्ने गर्छ।

अहिले रात्रि गाडीको चाप रहेकाले सो गाडी कटाएर पहिरो पन्छाइने पन्तले बताए। नरायणगढ—मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help