शनिवार पनि प्रचारमा खटिन्छन् कोटेश्वरका क्याम्पस प्रमुख

शनिवार पनि प्रचारमा खटिन्छन् कोटेश्वरका क्याम्पस प्रमुख

असोज २, भक्तपुर । कोटेश्वर बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख गोविन्द कार्कीको कार्य गर्ने शैलि अलि फरक रहेछ । अन्य दिन क्याम्पसका नियमित गतिविधिहरुमा व्यस्त रहने क्याम्पस प्रमुख कार्की गत शनिवार भक्तपुरको भित्रि भागमा भेटिए ।

 

एउटा सामान बोक्ने गाडिको पछाडीको भागमा कोटेश्वर बहुमुखि क्याम्पसको स्नातकमा भर्ना सम्बन्धी ब्यानर राखिएका थिए । त्यसको अगाडि तीन चार जना मानिस कोचिएर बसेका थिए । गाडि सानोठिमीको परिक्षा नियन्त्रण कार्यालय नजिक हुँदै बोडेतिर हुइकियो । क्याम्पसको प्रचार गर्न केहि मानिस व्यानर टास्दै हिडेका होलोन भन्ने लागेको थियो तर त्यहि गाडिको अगाडि पट्टिको भागमा कोचिएर बस्ने मध्येका एक जना क्याम्पस प्रमुख कार्की पनि रहेछन् ।

बोडेमा गाडि रोकिए पछि त्यहिबाट क्याम्पस प्रमुख कार्की पनि निस्कए, संगै सहायक क्याम्पस प्रमुख प्रकाश पोखरेल पनि थिए । क्याम्पसमा औपचारिक पोशाकमा देखिने प्रमुख कार्की शनिवार भने चप्पल लाएरै फिल्डमा उत्रिएका थिए । गाडिबाट उत्रिए पछि उनी नजिकैका पोलतिर ब्यानर लगाउन खम्बामा चढे । संगै रहेका सहायक क्याम्पस प्रमुख प्रकाश पोखरेल पनि अर्कातिरबाट व्यानर मिलाउदै थिए ।


यसरी शनिवार पनि क्याम्पस प्रमुख कार्की र सहायक प्रमुख पोखरेल क्याम्पसको प्रचार कार्यमा व्यस्त भए । ब्यानर लगाएपछि क्याम्पस प्रमुख कार्कीले क्याम्पसमा आउने अधिकांश विद्यार्थीहरु ब्यानर हेरेरै आउने भएकोले क्याम्पसको पुरानो प्रचारशैलिलाई जारी राख्न शनिवारको दिनलाई पनि उपयोग गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.