चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा तीन जनाको नाम सिफारिश

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा तीन जनाको नाम सिफारिश

असोज २, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।

छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिएको जानकारीअनुसार चिकित्सक डि एन साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई सो पदमा सिफारिश गरिएको छ ।

न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले तीन जना चिकित्सकको नाम उपकुलपति पदमा सिफारिश गरेका हुन् ।

अब न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन जनामध्ये एकलाई उपकुलपति चयन गर्नेछन् । कामु सचिव प्याकुरेलले १६ चिकित्सकमध्येबाट कार्यक्षमताका आधारमा तीनजनाको नाम चयन गरिएको हो भने। रासस

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.