संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ओली असोज ६ गते अमेरिका जाने

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ओली असोज ६ गते अमेरिका जाने

असोज २, प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट ७३ औं महासभा आजबाट शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्