मलाई झुटो आरोप लगाइएको हो: श्रीनिवास

मलाई झुटो आरोप लगाइएको हो: श्रीनिवास

असार १३, आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ परी रिहा भएका आचार्य श्रीनिवासले आफूमाथि झुटो आरोप लगाइएको दावी गरेका छन्।

आचार्य श्रीनिवासले आफूमाथि अन्याय गरिएको भन्दै छानबिनका लागि आयोग गठन गर्न समेत सरकारसँग माग गरे । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न पनि छानवीन समिति बनाउनुपर्ने तर्क गरेका छन्।

गत चैत्र २५ गते विहान करिब २ बजेतिर शौच गर्न निस्किएको बेला श्रीनिवासमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । त्यसपछि श्रीनिवास आफैंले गोली हान्न लगाएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि उनलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.