आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्ने

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्ने

असोज २,  नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

अब काठमाडौंमा पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढेको छैन ।

मूल्य बढाएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७२ पैसा नाफा हुने प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

  sildenafil withoutprescription, clomid without prescription.

प्रतिक्रिया दिनुहोस्