चिनियाँ उत्पादनमा थप आयात शुल्क लगायो अमेरीकाले

चिनियाँ उत्पादनमा थप आयात शुल्क लगायो अमेरीकाले

असोज २,  चीनसँग व्यापार युद्धलाई एक कदम अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा थप आयात शुल्क लगाएको छ । यो आयात शुल्क ५ हजार भन्दा बढी बस्तुहरुमा लगाइएको हो । यो शुल्क हालसम्म लगाइएको मध्ये सबैभन्दा धेरै पनि हो ।

यसमा ह्याण्ड ब्याग, कपडा, चामल लगायतका बस्तु सामेल छन् । तर स्मार्ट घडी र प्ले पेनमा भने अतिरिक्त शुल्क लगाइएको छैन जबकी यी बस्तुमा पनि अतिरिक्त शुल्क लाग्ने सम्भावना रहेको बताइन्थ्यो ।

यसअघि अमेरिकाले काठ, फर्निचर लगायतका बस्तुमा शुल्क लगाएको थिएन तर यसपटक लगाएको छ । यसको असर चीनका साथै अमेरिकाको फर्निचर बजारमा पनि पर्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.