अपि हिमाल जाने बाटो पहिरोले अवरुद्ध, चेक रिपब्लिकको आरोही टोली फिर्ता

अपि हिमाल जाने बाटो पहिरोले अवरुद्ध, चेक रिपब्लिकको आरोही टोली फिर्ता

असोज १,  दार्चुलाको दुम्लिङ-व्याँस जोड्ने घोडेटो बाटो पहिरोले  गर्दा अपी हिमाल चढ्ने आरोही र सर्वसाधारण मर्कामा पारेका छन् । व्याँस गाउँपालिका वडा नम्बर १ र २ जोड्ने यो बाटो पहिरोले ठाउँ ठाउँमा हिँडडुल गर्नै नसक्ने हुँदा आवतजावतसमेत बन्द भएको छ ।

जिल्लाको उत्तर पश्चिम सीमा नजिकै रहेको यो बाटोले नेपाल, भारत र चीन त्रिदेशीय सीमा क्षेत्र व्याँस गाउँपालिकाको तिंकर जोड्छ । व्याँस गाउँपालिका २ तम्पाकु र थीभीर क्षेत्रमा पहिरोका कारण बाटो अबरुद्ध भएको वडाध्यक्ष धिरनसिँह बुढाथोकीले जानकारी दिए ।

पहिरोले गर्दा २० वर्षपछि अपी हिमालको आरोहणका लागि गएको पर्वतारोही टोली पहिरोका कारण फिर्ता भएको छ । सदरमुकाम खलंगाबाट भदौ २७ गते हिमाल आरोहणका लागि गएको चेक रिपब्लिकको टोली आधार शिविरमै नपुगी फर्किएको हो ।

७ हजार १ सय ३२ मिटर अग्लो हिमाल आरोहण दलमा ८ जना विदेशी नागरिकसहित नेपाल पर्यटन बोर्डका अधिकृत प्रेमकुमार पन्थी र कुबिर तमाङ पनि थिए ।

order tadalafil, order dapoxetine.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.