उत्तरगया गापा १ मा विकासका पुर्वधार निर्माणमा जोड दिनेछु: अध्यक्ष तामाङ

उत्तरगया गापा १ मा विकासका पुर्वधार निर्माणमा जोड दिनेछु: अध्यक्ष तामाङ

काठमाडाैं ।  रसुवा जिल्लाको उत्तरगया गाँउपालीका वार्ड नं १ (साविकको हाकुगाँउ गाविस) का वडाध्यक्षा बमबहादुर तामाङले वडामा विकासका पुर्बधार निर्माण गर्न आफु बिशेष जोड दिएकाे बताउनुभएको छ । आज असल संञ्चारसँग कुरा गर्दै अध्यक्ष तामाङले सो धारणा राख्नुभएको हो ।
साविकको हाकुगाँउ गाविस  पहिले पनि विकास र पुर्बधारको दृष्टिकोणले निकै नै पछाडी परेको गाविस हो । जहाँ सडकको सुबिधा नपुगेको, विद्यालयको अवस्था पनि दयनिय रहेको र एउटा मात्र विद्यालय रहेकाे उहाले सुनाउनुभयाे ।  अहिले आफु निर्वाचित भएपछि  यिनै विषयहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयाे ।

आफुले अध्ययन गर्दाको बिगतका दिनहरु सम्झिदै तामाङ भन्नुहुन्छ त्यो बेलामा विद्यालय थिएन, बिजुली थिएन, शिक्षाको लागि धेरै गाह्रो थियो अब प्राथमिक शिक्षा लिन टाढा जानु नपरोस भनेर नै अहिले वार्डमा ३ वटा प्रावि संञ्चालन गरेको उहाँ बताउनुहुन्छ । चिप्लेटी प्रावि जुन पहिले बाटै थियो । उहाँको कार्यकालमा गाणेश प्राविको स्थापना भयो भने हालसालै कर्मरोग प्राविको ४ कोठे भवन र त्रि प्राविको १० कोठे भवन निर्माण भएको छ ।  प्रत्येक विद्यालयमा कम्प्युटर अनिवार्य गरिएको छ । हाल १ नं वार्डमा ४ वटा प्रावि विद्यालय रहेको पनि उहाँले बताउनुभयो ।

आफु अध्यक्ष भइसकेपछि  सडकको पुर्ननिर्माणमा  विषेश ध्यान दिएकाे उहाँकाे भनाइ छ । भर्खरै डाँडागाँउमा थप  ९ कि.मि. नयाँ सडकको निर्माण गरीएकाे अध्यक्ष तामाङले बताउनुभयो । साथै सडक नपुगेका ठाँउहरुमा पनि नयाँ सडक पुर्याउने उहाँको लक्ष छ ।
आफु नर्विाचित हुनु भन्दा पहिले स्वास्थ चौकिसम्म नभएको यस वार्डमा स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न ४ कोठे पक्कि भवनमा निर्माण भएको छ । अव सर्वसाधरणले सामान्य स्वास्थ्य सेवा पाउन पनि सदरमुकाम धाउनु नपर्ने उहाँकाे भनाइ छ ।

वडाका  १२६ घरधुरि भुकम्प पिडितकाेलागी एकिकृत नमुना बस्तिको जग्गापास प्रक्रिया अगाडि बढिरहेको छ ।  साविक डाँडागाँउ ७ मा बिजुलीबत्तिको काम सम्पन्न भएको छ भने बाकि ठाँउहरुमा प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्