महासचिवको प्रस्तावमा नेकपा विवाद

महासचिवको प्रस्तावमा नेकपा विवाद

असोज १, प्रदेश, जिल्ला र स्थानीय तहका साथै भातृ संगठनहरुको एकीकरणका सन्दर्भमा महासचिव बिष्णु पौडेलले पेश गरेको प्रस्तावको काउन्टरमा बरिष्ठ नेता माधवकुमार नेपालले अर्को प्रस्ताव अघि सारेका छन् ।

केन्द्रीय सचिवालय बैठकमा पेश गरेको प्रस्तावलाई बहुमत सदस्यले साथ दिएको दावी नेपाल निकट नेताहरुको छ । सचिवालयको पछिल्लो बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर महासचिव पौडेलले एकता प्रक्रिया टुंगो लगाउन आवश्यक मापदण्डसहिते प्रस्ताव पेश गरेका थिए ।

Tadalis SX Soft online, order lioresal.

 महासचिवको प्रस्तावमा हाल अध्यक्ष रहेको, सो सरहको पदमा रहेको वा माथिल्लो कमिटीमा रही काम गरेकोलाई एकीकृत कमिटीको अध्यक्ष बनाउने उल्लेख छ । त्यसो गर्दा अहिले एमाले वा माओवादीको जिल्ला अध्यक्ष वा सोही कमिटीमा रहेका अन्य पदाधिकारीबाट मात्र जिल्ला अध्यक्ष वा सचिव बनाउनुपर्ने बाध्यता रहने छैन ।

तर, माधव नेपालले भने भने अहिले कमिटी एकीकरण भएकाले बहालवाला कमिटीमा रहेका व्यक्तिहरु मात्र एकीकृत कमिटीको नेतृत्वमा रहनुपर्ने काउन्टर प्रस्ताव अघि सारेका छन् ।

नेपालले भनेका छन्, अहिले हामी व्यक्तिको होइन, कमिटीहरुको एकीकरण गर्न गइरहेका छौं । कमिटीको एकीकरण भनेपछि तत्कालीन एमाले वा माओवादीको सम्बन्धित कमिटीमा रहेका व्यक्तिहरु एकीकरणमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.