एसिया कपमा पाकिस्तान विजयी

एसिया कपमा पाकिस्तान विजयी

असोज १, युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै टेष्ट नेशन राष्ट्र पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा इमाम उल हकले अविजित ५० रनको अर्धशतकीय पारी खेले । उनले ६९ बलमा ३ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । बाबर आजमले ३३ र फकर जमानले २४ रन बनाए ।

पाकिस्तानविरुद्ध हङकङका इसान खानले २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.