कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माण हुने तयारी

कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माण हुने तयारी

असोज १, मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी बताउँछन् ।

‘घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा करिब ४०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरु निर्माणको प्रक्रियामा छन्,’ केसीले भने – ‘म्याग्दीको विकास र समृद्धिका लागि यो खुशीको विषय हो ।’

चिनिया लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । हाइड्रो सोलुसन प्रर्वद्धक रहेको यस आयोजना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको चीन भ्रमणका बेला चिनिया युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिसँग लगानी सम्झौता भएको थियो ।

मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत् गृह प्रस्ताव गरिएको ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाको पाँच किलोमिटर सुरुङ हुने जनाइएको छ । पच्चीस अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाले नारच्याङमा तीन करोड रुपैयाँ मुआब्जा दिएर दश वर्षअघि नै ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

कालीगण्डकी गर्जको विद्युत् गृहबाट निस्किएको पानी करीब पाँच सय मिटर तल हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ । अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युत् गृह सोही गापाको २ नं वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.