दीपाले के भनिन् र नीताका आँखा रसाए

दीपाले के भनिन् र नीताका आँखा रसाए

नायिका नीता ढुंगानाले शुक्रबार बेलुकी काठमाण्डौको एक होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा उनका आँखाभरी आँशु भयो । निर्देशक तथा कलाकार दीपाश्री निरौलाको कुराले नीताको आँखा रसाएको हो ।

केक काट्नु अगाडि शुभकामना दिने क्रममा नीतालाई दीपाले काममा मिहिनेत गर्न र अरु कुरा नसोच्न आग्रह गरिन् । दीपाले भनिन्-‘हाम्रो निर्माणमा बनेको पहिलो चलचित्र ‘६ एकान ६’मा नीता नायिका थिइन् । त्यसपछि हाम्रो काम गर्ने अवसर मिलेको छैन । अब, उनले मेरो निर्देशनमा काम गर्नेछिन् ।’ दीपाले यसो भनिरहँदा नीताका आँखा रसाएका थिए ।

यस्तै, निर्माता तथा कलाकार दीपकराज गिरीले आफूहरुले पहिलो चलचित्र बनाउँदा कसैले नपत्याएको समयमा नीताले पत्याएको भन्दै उनको कामको तारिफ गरे । साथमा, उनले नीतासँग गीतमा डान्स समेत गरे ।
नायिका ढुंगानाले आफूले हरेक बर्ष जन्मदिन मनाउँदै गर्दा चलचित्रकर्मी, पत्रकार र साथीहरुले दिएको मायाले आफूलाई हौसला मिल्ने गरेको सुनाइन् ।ok

Super Kamagra for sale, order dapoxetine.

प्रतिक्रिया दिनुहोस्