खुशी मनाउँदै अर्जेन्टिना

खुशी मनाउँदै अर्जेन्टिना

असार १३, नाइजेरियामाथि रोमाञ्चक जित हात पार्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगेको छ ।

दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना त्यस बेलासम्म विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा थियो, जबसम्म म्यानचेष्टर युनाइटेडका मार्कोस रोजेले भली गोल गरेनन् । ८६ औं मिनेटमा उनले गरेको उत्कृष्ट गोलले अर्जेन्टिना २-१ ले विजयी मात्र भएन, विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।

क्रोएसियासँग ३-० ले हारेपछि अर्जेन्टिनी टिमका विषय धेरै टिकाटिप्पणी भए, प्रशिक्षक हल्लाहरु चले । अहिलेसम्मकै खराब टिमको उपमा पनि पायो ।

टिममा भएको हरेफेरसँगै अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गर्‍योे र १४ औं मिनेटमा लिओनल मेस्सीको उत्कृष्ट गोलसँगै अग्रता पनि लियो ।

दोस्रो हाफको सुरुमा पेनाल्टीमा गोल खाएपछि अर्जेन्टिनालाई धक्का लाग्यो । तर, रोजोको गोलसँगै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

‘यो कठिन अवस्था हो,’ दोस्रो हाफ सुरु हुनुअघि टनेलमा मेस्सीले टिमका सदस्यहरुलाई भनिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help