हरेक दिन एकजनाको ज्यान जाने गरी किन हुन्छ प्रदेश १ मा दुर्घटना ?

हरेक दिन एकजनाको ज्यान जाने गरी किन हुन्छ प्रदेश १ मा दुर्घटना ?

भाद्र २८, प्रदेश १ मा पछिल्लो तीन वर्सवारी दुर्घटनामा एक हजार ११२ जनाको मृत्यु भएको छ । यो संख्यालाई विश्लेषण गर्दा प्रदेश १३ जिल्लामा हरेक दिन सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयकाको तथ्याङ्क अनुसार पछिल्ला समय आएर सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेको छ ।

तथ्याङक अनुसार आर्थिक वर्ष ०७२/७३ मा तीन सय ३८ जनाको मृत्यु एको छ । ०७३/७४मा तीन सय ५० जना र ०७४/७५ मा चार सय २४ जनाको मृत्यु भएको छ ।

चालु आबको हालसम्म ३६ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । साउनमा २० र भदौमा १६ जनाको मृत्यु प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help