निर्मला पन्त हत्या प्रकरण, एसपी बाबुछोरासँगै मेयरका भतिजको डीएनए परीक्षण थालियो

निर्मला पन्त हत्या प्रकरण, एसपी बाबुछोरासँगै मेयरका भतिजको डीएनए परीक्षण थालियो

भाद्र २८, निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डीएनए परीक्षणका लागि बिहान रगकको स्याम्पल लिएको स्रोतले बतायो । विष्टलार्इ प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ ।

उनीसँगै विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुको पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको जनाइएको छ ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएसए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help