निर्मला हत्या प्रकरण, उपसचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किए

निर्मला हत्या प्रकरण, उपसचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किए

भाद्र २७, कञ्चनपुरमा बलात्कार पवछ हत्या गरीएकि १४ वर्षिया बालिका निर्मला पन्तको छानविन गर्न गठित उच्चस्तरीय समितिबाट सोमबार राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किएका छन् । केसीको ढुलमुलेगतिविधि र लटरपट कुरा गराईले हत्याको अनुसन्धान प्रक्रिया थप सन्देहास्पद बनेको छ ।

ज्यानकै सुरक्षा नहुने भो भन्दै छानविन समितिबाट राजीनामा दिएको ४८ घण्टापछि बुधबार गृह मन्त्रालयमै पत्रकार सम्मेलन गरेर केसीले आफू समितिमा फर्किएको बताए । यो ४८ घण्टाको वीचमा केसीले गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र छानविन समितिका संयोजक हरिप्रसाद मैनालीलाई भेटेका थिए ।

केसीका अनुसार सोमबार राजीनामा दिनुअघि पनि गृहमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए । तर, सम्भव नभएपछि पत्रकार सम्मेलन नै गरेर राजीनामा घोषणा गरेका थिए । निर्मलाले न्याय नपाउने देखेपछि राजीनामा दिनुपरेको केसीले बताएका थिए ।

भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको भूमिकामाथि स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् ।

‘भीआईपी’ अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुबासीले आन्दोलन गरिरहेका बेला मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गर्‍यो । जसले आन्दोलनको आगोमा ध्यू थप्ने काम गर्‍यो ।

आन्दोलनकै क्रममा प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि मैनालीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो, जसमा केसीलाई पनि राखिएको थियो ।
छानविन समितिका सदस्य केसीले राजीनामा दिएको भोलिपल्टै मंगलबार दिलिप सिंह विष्टको डीएनए रिपोर्ट नेगेटिभ आएको खबर आयो । त्यही साँझ विष्टसँगै आँचल भनिने रोशनी बम र उनकी दिदी बविता बम पनि हिरासत मुक्त भइसकेका छन् ।

सबै घटनाक्रमले निर्मला हत्या प्रकरणको अनुसन्धान जटिल र सन्देहास्पद बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help