चेक रिपब्लिकमा नेपालीहरु आपसमा झगडा गर्दा धादिङका युवकको मृत्य

चेक रिपब्लिकमा नेपालीहरु आपसमा झगडा गर्दा धादिङका युवकको मृत्य

भाद्र २६, नेपालीहरुबीच आपसी झगडा हुँदा चेक रिपब्लिकमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने २ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जर्मनीस्थित नेपाली दूताबासले भने एक नेपालीको मृत्युको पुष्टि गरेपनि मृत्युको कारण र घटना बिबरण भने खुलाएको छैन । जर्मनी स्थित नेपाली दूताबासका राजदूत रमेशप्रसाद खनालले भने, ‘मृतकले काम गरिहेको सम्बन्धित कम्पनीलाई हामीले सम्पर्क गरिसक्यौं । शवलाई जतिसक्दो छिटो पठाउने प्रयास हुन्छ । तर घटनाको  पूर्ण विवरण आइसकेको छैन ।’

मृतक धादिङ स्थायी घर भएका २३ बर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक आएका खुलेको छ । तर, प्रहरी अनुसन्धान जारी भएकाले नाम गोप्य राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help