रामेछापमा परिचयपत्र वितरण गर्ने तयारी

रामेछापमा परिचयपत्र वितरण गर्ने तयारी

रामेछाप  ।  सरकारले रामेछापमा राष्ट्रिय परिचयपत्र वितरणको तयारी गरेको छ । आगामी कार्तिकदेखि जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सदरमुकाम मन्थलीमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्याक्रममा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा विभागका निर्देशक शैलेन्द्र न्यौपानेले राष्ट्रिय परिचयपत्र वितरण भएपछि धेरैवटा परिचयपत्र बोक्नुपर्ने झन्झटको अन्त्य हुने बताए  । ‘सरकारी कार्यालयहरूमा सेवा लिँदा पनि यो परिचयपत्रले काम गर्छ,’ उनले भने, ‘यसले अहिलेको नागरिकताले गर्नेभन्दा धेरै काम गर्छ, नागरिकलाई पनि सरकारी सेवा–सुविधा लिन सहज हुन्छ ।’

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डेको पनि सहभागिता थियो । कार्यक्रममा सहभागीले परिचयपत्रसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । परिचयपत्रले नागरिकलाई सुविधाभन्दा पनि सास्ती दिने हो कि भन्ने आशंकासमेत कतिपयले व्यक्त गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा कार्तिकदेखि जनशक्ति नियुक्त गरी रामेछापका करिब १ लाख २१ हजार ९ सय ७३ जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्