सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेशमन्त्री धर्ना

सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेशमन्त्री धर्ना

भाद्र १७, प्रदेश सरकारले आज आइतबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा  दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफैं राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयहरु खुलेका छन् ।

प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै अन्तरिम मामिलामन्त्री यादवले नै राष्ट्र बैंकको जनकपुर कार्यालयको मुलगेटमा ताला लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help