सिन्धुलीको दुधौली खोलाको पुल भासिएपछि चार पांग्रे सवारीमा रोक

सिन्धुलीको दुधौली खोलाको पुल भासिएपछि चार पांग्रे सवारीमा रोक

भाद्र १७,  वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ । दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएको हो ।

पुल भासिएपछि चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ । पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सञ्चालनमा रोक लगाइएको हो । पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् ।

उनीहरुले डाइभर्सनको व्यवस्था मिलाइ आवतजावत सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help