न्यूक्यासललाई हराउँदै म्यानचेस्टर सिटी विजेता

न्यूक्यासललाई हराउँदै म्यानचेस्टर सिटी विजेता

भाद्र १७, शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २-१ ले हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले न्यूक्यासललाई हराउँदै आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

सिटीको जितमा रहिम स्ट्रर्लिङ र वाल्करले गोल गरे । न्युक्यासलका लागि डिआन्द्रे यड्लिनले एक गोल फर्काएका थिए ।

म्यानचेस्टर सिटीले यसअघिका दुई खेल जितेको थियो भने तेस्रो खेलमा बराबरी भएको थियो । तेस्रो जित हात पार्ने क्रममा न्यूक्यासललाई हराउँदै सिटीले १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help