श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा

भाद्र १६, प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमणको निम्तो पाए लगत्तै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्दै हुनुहुन्छ ।

सिरीसेना आज बिहान साढे ९ बजे काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैहरवा आउँदै हुनुहुन्छ । यसपछि हेलिकोप्टर मार्फत लुम्बिनी जाने तयारी भएको प्रमुख जिल्ला उदयबहादुर रानामगरले बताउनुभयो ।

राष्ट्रपति सिरीसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ । उहाँले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पुर्जा अर्चना गर्नुहुनेछ ।

यसपश्चात लुम्बिनी र लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी गराइने लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताउनुभयो ।

Erectalis no rx, order dapoxetine.

प्रतिक्रिया दिनुहोस्