यूरोपियन अवार्डमा रोनाल्डोले भाग नलिनु उनको व्यक्तिगत निर्णय

यूरोपियन अवार्डमा रोनाल्डोले भाग नलिनु उनको व्यक्तिगत निर्णय

भाद्र १६,  क्रिस्टियानो रोनाल्डोले बिहिबार राति भएको च्याम्पियन्स लिग गालामा भाग लिएनन् । उनको अनुपस्थितिबाट यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन्स (यूईएफए), समर्थकहरु, रियल म्याडि्रडमा हुँदाका उनका साथीहरु सबैले खल्लो महसुस गरे ।

रोनाल्डोका फोटोग्राफर, जसले उनको जीवनका सबै महत्वपूर्ण पलहरुमा साथ दिँदै आएका छन्, रोनाल्डोले सर्वोत्कृष्ट खेलाडीको अवार्ड उचालेको तस्वीर क्यामरामा कैद गर्न आएका थिए । तर, सो अवार्ड रोनाल्डोले नभएर लुका मोडि्रकले पाए ।

रोनाल्डो नआउनुको कारण पनि केही बताइएन । गालापछि युभेन्टसका महानिर्देशक गिउसेप्पे मरोट्टाल भनेका छन्, ‘यो उनको व्यक्तिगत निर्णय हो ।’

प्रतिक्रिया दिनुहोस्

cheap essay help