अनमोल अमेरिका नजानुको कारण यस्तो छ

अनमोल अमेरिका नजानुको कारण यस्तो छ

नायक अनमोल केसी भोली शनिबार पोखरामा आयोजना हुन लागेको ‘अनमोल इभ’का कारण अमेरिका गएनन् । गत शनिबार बुटवलमा भव्य रुपमा आयोजना भएको ‘अनमोल इभ’ भोली शनिबार पोखरामा आयोजना हुँदैछ ।

पोखरामा चलचित्र संघले गर्न लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड’मा सहभागी हुनका लागि चलचित्रकर्मीको टोली अमेरिका प्रस्थान गरेको छ । जसमा, नायक भूवन केसी, कलाकार सुनिल थापा, नायिका नीता ढुंगाना, निर्देशक दिपाश्री निरौला लगायत छन् ।

purchase sildenafil, buy lioresal online.

अनमोललाई पनि अवार्डमा सहभागी हुनका लागि आयोजकले आग्रह गरेको थियो । तर, आफूले कन्सर्टका लागि समय दिइसकेको भन्दै अनमोल अमेरिका नगएका हुन् ।

अनमोलले भने-‘यो कन्सर्ट सामाजिक कार्यका लागि आयोजना भैरहेको छ । यसैले, पोखराको कार्यक्रम रद्द गरेर म अमेरिका जान सकिनँ । पोखराका दर्शकलाई शनिबार उपस्थितीका लागि विशेष अनुरोध गर्दछु ।’

मोनिका इन्टरनेशनलले आयोजना गरिरहेको यो कार्यक्रम चितवन र विर्तामोडमा पनि आयोजना हुँदैछ । नेत्रहिन महिला संघको सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको हो ।onlinekhabar

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.