गौशालाका मेयर महत्तोको जोड शिक्षा, स्वास्थ्य र कृषिमा

गौशालाका मेयर महत्तोको जोड शिक्षा, स्वास्थ्य र कृषिमा

काठमाडौ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महत्तोले आफूले शिक्षा, स्वास्थ्य र कृषिलाई प्रथामिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । आज राजधानीमा असल संञ्चारको स्टुडियोमा सञ्चारकर्मिहरुसँग अन्तरक्रिया गर्दै नगर प्रमुख महत्तोले सो धारणा राख्नु भएको हो ।
शिक्षालाई गुणस्तरिय र शर्वसुलभ बनाउनतिर आफू लागि परेको उहाँको दावी थियो । उहाँले नगरवासी उपचारको लागि बाहिर जानु परेकोे र यो खर्चिलो हुने भन्दै नगरपालिका भित्रै सुविधा सम्पन्न अस्पताल बनाउने पहल आफूले गरिरहेको बताउनु भयो । यस्तै, कृषिमा पनि धेरै उब्जाउ हुने बिउ र मलखादको सहजताको लागि पनि काम भईरहेको नगर प्रमुखको तर्क थियो ।
दिगो विकास र समृद्ध गौशाला नगर निर्माण गर्ने अठोट मेयर महत्तो ले ब्यत्त गर्नु भएको थियो । भेटघाटमा उहाँले गौशला नगरपालिकाको शिक्षा , स्वास्थ्य र सिंचाईको विषयमा प्रकाश पारिदिनुभयो । हाल शिक्षा क्षेत्रमा पहुँच कम भएका कारणले सबैलाई उचित शिक्षा नगरपालिका भित्र नै होस भन्नेमा उहाँको जोड थियो ।
यसका अलवा कृषकहरुको समस्यालाई समाधान गर्न सिंचाई, मलखाद तथा कृषि औजारको ब्यवस्था सहज रुपमा उपलब्ध गर्दा कोही अरुमा परनिर्भर हुनु पर्दैन भन्ने लक्ष्यका साथ आफनो बिचार राख्नुभयो ।

पिछडिएको बर्गले शिक्षाको अभाव भोग्नुपरेको भन्दै केहि महिना अगाडि मात्र कक्षा ९ का छात्रछात्राहरुलाई ५३ वटा साईकल वितरण गरेको पनि उहाँले बताउनुभयो । साथै स्वास्थ्य क्षेत्रमा पनि सुधारको कार्यक्रमहरु भइरहेको बताउनुभयो ।जस्तै विगतका दिनहरुमा यहाँका बाशिन्दाहरु उपचारको अभावमा काठमाडौ तथा छिमेकि राष्ट्र भारत सम्म जानुपर्ने अवस्था तुलनात्मक रुपमा अहिले आएर कम भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्