नवलपुरमा तरकारी जोन कार्यक्रम शुरु

नवलपुरमा तरकारी जोन कार्यक्रम शुरु

नवलपरासीकाे पूर्व नवलपुरमा तरकारी जोन कार्याक्रम शुरु भएको छ । नवलपुरका तीन स्थानीय तहका १५ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णु प्रसाद शर्माले बताउनुभयो ।

नवलपुरकाे कावासोती नगरपालिका ,मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका १५ वटा वडालाई समेटेर तरकारी जोन कार्यक्रम शुरु गरिएको हो । नवलपुरमा तरकारी राम्रो उत्पादन हुने गरेकोमा यसलाई थप व्यवस्थित बनाउदै लैजानका लागि जोन कार्यक्रम संचालन गरिएको अधिकृत शर्माले बताउनुभयो । उहाँका अनुसार तीन स्थानीयत तहका १५ वटा वडालाई जोनका रुपमा समेटिएको छ ।

तीन स्थानीय तह मध्य कावासोती नगरपालिकाको ७ वटा वडा , मध्यविन्दु नगरपालकाको ४ वटा वडा र हुप्सेकोट गाउँपालिकाको ४ वटा वडालाई तरकारी जोन कार्यक्रममा समावेस गरिएको छ ।
कावासोती नगरपालिकाको वडा नम्बर ४,९ ,१०, १२, १५, १६ र १७ यस्तै मध्यविन्दु नगरपालिकाको १, २ ,६ र ९ र हुप्सेकोट गाउँपालिकाको वडा एक देखी ४ नम्बर सम्मका वडालाई तरकारी जोन कार्यक्रम संचालनका लागि छनौट गरिएको छ । जोन कार्यक्रम संचालन भए संगै तरकारीको व्यवसायीक उत्पादनमा जोड दिईने अधिकृत शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्