आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा मोदीको जोड

आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा मोदीको जोड

भाद्र १४, प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले विमस्टेक क्षेत्रमा आर्थिक प्रगति र सामरिकताका लागि शान्ति सुरक्षाको वातावरण हुनुपर्ने बताए।

सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद र आतंकवादसँग जोडिएको लागुपदार्थको नियन्त्रणका लागि एकतामा जोड दिएका हुन्। ‘विमस्टेकमा आतंकवाद र लागुपदार्थको समस्यासँग नजोडिएको कुनै राष्ट्र छैन्। यसको सामना गर्न हामीहरु एकजुट हुनुपर्छ। यसका लागि यथोचित कानुन र नियमको चेम्बर खडा हुनुपर्छ’, उनले भने। आतंकवादविरुद्ध लड्नका लागि रणनीति बनाउन सदस्य राष्ट्रका सेना प्रमुखहरुको सम्मेलन गर्न भारत तयार रहेका पनि उनले बताए।

आफ्नो सम्बोधनका क्रममा आतंकवाद नियन्त्रणलाई जोड दिएका मोदीले यसमा सदस्य राष्ट्रका महिला सांसदहरुको सम्पर्क एक सहायक सुत्र हुन सक्ने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

cheap essay help