बागलुङका एक युवक इटालीमा झुण्डिएर आत्महत्या

बागलुङका एक युवक इटालीमा झुण्डिएर आत्महत्या

भाद्र १४,  इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् ।

गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ ।

झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.