यूएईसँग पराजित नेपाल

यूएईसँग पराजित नेपाल

भाद्र १४, एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन ७ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो । नेपालका सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

सुवासले ५० र दीपेन्द्रले ४० रन बनाए । नेपालका लागि उच्च स्तरका ब्याट्सम्यान चल्न सकेनन् । कप्तान पारस खड्का १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ४, सागर पुन र आरिफ शेख समान ३-३ रनमा आउट भए ।

यद्यपि नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी र १०औं नम्बरमा आएका बसन्तले ३४ रनको साझेदारी गर्दै नेपाललाई ठूलो अन्तरको हारबाट जोगाए । सोमपालले अविजित २७ र बसन्तले १२ रन बनाएका थिए ।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.