बिमस्टेकमा विशिष्ठ अतिथि को कतिबेला आउँदै

बिमस्टेकमा विशिष्ठ अतिथि को कतिबेला आउँदै

भाद्र १४, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौंथो शिखर सम्मेलन बिहिबार र शुक्रबार काठमाडौंमा हुँदैछ ।

यसका लागि विशिष्ठ अतिथिहरु आउने क्रम अझै जारी रहेको छ । बिहिबार बिहानमात्र तीन देशका कार्यकारी प्रमुखहरु आउँदैछन् । परराष्ट्र मन्त्रालयले जनाए अनुसार बिहिबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने समय तालिका रहेको छ ।

त्यसैगरी बिहिबार बिहान ९ः१५ बजे बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद आउँदै छिन् । बिहिबार बिहान १०ः१५ बजे थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चान आउँदैछन् । यो समयतालिका अनुसार बिहिबार बिहान ८ बजेदेखि गौशालादेखि कोटेश्वरसम्मको चक्रपथ मार्गमा सवारी गुड्न पाउने छैनन् ।

एयरपोर्टदेखि सोल्टीहोटलसम्म जोडिन आउने कुनै पनि सडकमा सवारी गुड्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.