नेपालले १३.१ ओभरमा युएईको दोस्रो विकेट

नेपालले १३.१ ओभरमा युएईको दोस्रो विकेट

भाद्र १४, एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ । नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भए । १४ ओभरको खेल चलिरहदा युएईको २ विकेटको क्षतिमा ७७ रन भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।

आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाब छ । य

प्रतिक्रिया दिनुहोस्

cheap essay help