के बिमस्टेक भारतको पाकिस्तान एक्ल्याउने खेल हो ?

के बिमस्टेक भारतको पाकिस्तान एक्ल्याउने खेल हो ?

भाद्र १३, बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा विहीबार र शुक्रबार हुँदैछ । सम्मेलनमा भारत भौगोलिक, आर्थिक तथा प्रभावको हिसाबमा सबैभन्दा ठूलो मुलुक हो । जसको कारण भारतको भूमिका यो संगठनको लागि महत्वपूर्ण बन्न सक्छ ।

भारतमा अबको केही समयमा बिमस्टेकका मुलुकहरुको संयुक्त सैन्य अभ्यासको तयारी भइरहेको छ । यो सैन्य तयारी भारतमा हुन गइरहेको हो । नेपालले यसमा स्वीकृति दिइसकेको छ । आशा गरौं, यो सम्मेलनमा यी कुराहरुमा पनि छलफल हुनेछ र भारतले यो संगठनका मुलुकहरुलाई आफ्नो स्वार्थ पूरा गर्ने हतियार नबनाओस् ।

बिमस्टेक भारतको पाकिस्तान एक्ल्याउने खेल पनि हो । भारत र पाकिस्तानको बीचको सम्बन्ध लामो समयदेखि नै राम्रो छैन । बिमस्टेकमा सार्कका नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेश गरी पाँच देश रहेका छन् । माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान भने यो संगठनभन्दा बाहिर रहेका छन् ।

जसमा भारतले चाहेको खण्डमा माल्दिभ्सलाई यो संगठनमा ल्याउन सक्छ तर माल्दिभ्सको सम्बन्ध पछिल्लो समय चीनसँग राम्रो बन्दै गएको कारण उसका लागि माल्दिभ्स ल्याउनु जरुरी नहुन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help