भाद्र १३, अत्याधिक वर्षाका कारण सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । ११ वर्षीया छोरी सुनितालाई भने जिवितै उद्धार गरिएको छ । सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्