बिम्स्टेकको १६ औं मन्त्रीस्तरीय बैठक जारी

बिम्स्टेकको १६ औं मन्त्रीस्तरीय बैठक जारी

भाद्र १३, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को १६ औं मन्त्रीस्तरीय बैठक मंगलबार बिहान बसीरहेको छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा जारी बैठकमा सदस्य देशका परराष्ट्र/बाहृय मामिला/विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन बुधबारदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मंगलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९ औं बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।

त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौं घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।

बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाहृय मामिला राज्यमन्त्री भी. के. सिंहले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help