नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य

नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य

भाद्र १३, नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो ।

नेपालको सुरुवात सामान्य रहृयो । लामो समयपछि टिममा फर्किएका सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा थिए । पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेकबा खकुरेल मात्र ४ रनमा आउट भए ।

कप्तान पारस खड्काले पनि ठूलो पारी खेल्न सकेनन् । ज्ञानेन्द्रसँग २५ रनको साझेदारी गरेका पारस मात्र ८ रनमा आउट भए । तेस्रो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्र ५ रनले अर्धशतक बनाउन चुके । ६० बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

दिपेन्द्र सिंह ऐरी पनि व्यक्तिगत ९ रनमै आउट भए, जतिबेला टिमको स्कोर ८०/४ थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.