संखुवासभा जिल्लामा १ अर्ब २३ करोड फ्रिज

संखुवासभा जिल्लामा १ अर्ब २३ करोड फ्रिज

संखुवासभा । संखुवासभा जिल्लामा चालु र पुँजीगततर्फ संघ र प्रदेश सरकारले उपलब्ध गराएको रकममध्ये १ अर्ब २३ करोड रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लामा आएको रकम खर्च नहुँदा फिर्ता भएको हो ।

जिल्लालाई प्राप्त रकममध्ये २० प्रतिशत रकम गत आर्थिक वर्षमा खर्च हुन सकेन । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/७६ मा पुँजीगततर्फ १ अर्ब २३ करोड ३ लाख ३२ हजार फ्रिज भएको छ । संघ र प्रदेश सरकारले जिल्लाको विकासका लागि ६ अर्ब ४३ करोड ७१ लाख ६९ हजार उपलब्ध गराएको कोष नियन्त्रक प्रकाश भट्टराईले जानकारी दिए । प्राप्त रकममध्ये ५ अर्ब २० करोड ६८ लाख ३७ हजार मात्र खर्च भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्