भारत र माल्दिभ्सको सम्बन्धमा खटपट

भारत र माल्दिभ्सको सम्बन्धमा खटपट

काठमाडौं । भारत र माल्दिभ्सबीच तनाव उत्पन्न भएको छ । यसलाई माल्दिभ्समा चीनको बढ्दो प्रभाव एवं भारत र माल्दिभ्सबीच बिग्रिँदो कूटनीतिक सम्बन्धको सङ्केतका रूपमा भारत र माल्दिभ्सका सञ्चारमाध्यमले अर्थ्याएका छन्।

भारतको केन्द्र सरकारले जुन २० मा एउटा सूचना प्रकाशित गरी द्विपक्षीय व्यापारिक सम्झौतानुसार माल्दिभ्स निर्यात हुने सातथरी खाद्य पदार्थको परिमाणको सीमा गत वर्षको भन्दा घटाएर तोकिदिएको थियो। चामल, दाल, गहुँको पिठो, आलु, चिनी, प्याज र अण्डाको निर्यातमा यसरी तोकिएको कोटा गत एप्रिलदेखि एक वर्षका लागि लागु हुनेछ। भारतले अत्यावश्यक खाद्यन्न निर्यातको कोटा घटाएपछि दुई देशवीचको सम्बन्धमा थप दरार आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.