महेन्द्रनगरमा जारी कर्फ्यू हट्यो, अवस्था सामान्य बन्दै

महेन्द्रनगरमा जारी कर्फ्यू हट्यो, अवस्था सामान्य बन्दै

भाद्र १२,  महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ।

प्रशासन कार्यालयले पाँच दिनदेखि लगाउँदै आएको कर्फ्यू आज विहान पाँच बजेबाट अर्को आदेश नभएसम्मका लागि हटाएको जनाएको हो । महेन्द्रनगरमा अवस्था सामान्य बन्दै गएपछि कर्फ्यू हटाइएको प्रशासनले जनाएको छ।

निर्मला पन्तको हत्यापछि आन्दोलन चर्किदा स्थानीय प्रशासनले सदरमुकाम वरपरको क्षेत्रमा शुक्रबारबाट कर्फ्यू  जारी गर्दै आएको थियो। सोही आन्दोलनका क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा भिमदत्तनगरपालिका–१८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको आठ गते गोली लागेर मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.