प्रधानमन्त्रीको गुनासो सार्कलाई सक्रिय बनाउन सकिएन्

प्रधानमन्त्रीको गुनासो सार्कलाई सक्रिय बनाउन सकिएन्

भाद्र १२, प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कलाई सक्रिया गराउन नसकेकाले विमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा यो क्षेत्रीय फोरमलाई नेपालको हितमा प्रयोग गर्नुपरेको बताएका छन् ।

सोमबार बालुवाटारस्थित सरकारीनिवासमा प्रधानमन्त्री ओली सार्क र बिमस्टेकका विषयमा यसरी प्रस्तुत भए- अहिले हामी साथीहरु, मित्रहरुसमेतको सहयोगमा देशमा विकासलाई अगाडि बढाउन चाहन्छौं र समृद्ध नेपाल, सुखी नेपाली बनाउन चाहन्छौं । यस प्रशंगमा हाम्रो क्षेत्रीय संगठन सार्क सक्रिय र प्रभावकारी हुनुपर्थ्यो तर हुन सकेन । मैले गत वर्ष पनि म सरकारमा हुँदा पनि, नहुँदा पनि, म भारत भ्रमणमा जाँदा पनि मोदीजी नेपाल भ्रमणमा आउँदा पनि तपाईहरुले औपचारिक भाषणमा पनि वक्तव्यहरुमा पनि देख्नुभएको छ कि सार्कलाई हामीले गतिशील बनाउनुपर्छ ।

संस्थाहरु कहिले-कहिले बढी योगदान गर्न सक्छन्, कहिले अलिकति कम योगदान गर्न सक्छन् । कहिले बढी गतिशील हुन्छन्, कहिले अलिकति धीमा हुन्छन् । तर, ती संस्थाहरुले हामीलाई एउटा फोरम दिन्छन् । असमझदारीहरु एकठाउँ भेटेर कुरा गरेरपछि घटाउनलाई मद्दत पुग्छ ।

कारणहरु अनेक होलान् । सार्क हामीले सोचेजति प्रभावकारी ढंगले अगाडि बढ्न सकेन । जसरी अगाडि बढ्नुपथ्र्यो, त्यसरी अगाडि बढ्न सकेन ।

Forzest without prescription, generic lioresal.

प्रतिक्रिया दिनुहोस्