प्यालेस्टाइनले अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

प्यालेस्टाइनले अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु यूसेफ तथा अहमद अबु हाउलीको उक्त प्रतिक्रिया आएको हो।

अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन्।

प्यालेस्टिनी पक्षले आफ्ना नागरिकको राष्ट्रिय अधिकारलाई प्रभावित गर्ने कुनैपनि बिषयलाई अस्वीकार गर्नेछ, यूसेफले प्यालेष्टिनी रेडियो ‘भ्वाइस अफ प्यालेस्टाइन’लाई दिएको अन्तवार्तामा बताए।

उनले संयुक्त राज्य अमेरिकाले इजरायलको पक्षमा ‘पूर्ण पक्षपातपूर्ण’ व्यवहार देखाएको पनि उनको आरोप छ। प्यालेस्टिनी नेताहरूले वर्तमान् अमेरिकी प्रशासनसँग तत्काल कुनै सम्पर्क भएको कुरालाई नकारे।

आन्दोलन (सङ्घर्ष)का कारण अमेरिकी प्रशासनले प्यालेस्टिनी जनताको ऐतिहासिक अधिकारविरुद्ध हुनेगरी निर्णयहरू गर्ने गरेको बताउँदै यसले अमेरिकालाई राम्रो नहुने उनीहरूको भनाइ थियो। सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

cheap essay help