सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा कपडा बैंक स्थापना

सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा कपडा बैंक स्थापना

बाजुराको वीरेन्द्रनगर नगरपालिकाका कपडा बैंकको स्थापना गरिएको छ। बैंकको शनिबार वीरेन्द्रनगर, मंगलगढीचोकमा नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरे । नगरपालिकाको सहयोग तथा उज्यालो नेपाल, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, न्यु विशाल इन्जिनियरिङ वर्कसप, भैरव युवा सशक्तीकरण केन्द्र र सामाजिक सञ्जाल मोटे ग्याङको साझेदारीमा उक्त बैकको स्थापना गरीएको हो ।

साझेदार संस्था मोटे ग्याङका सदस्य कुमारशम्शेर थापाले आफूसँग भएका र आफूलाई फिट नहुने कपडा जोकसैले ल्याएर बैंकमा राख्न सक्ने बताए । उनका अनुसार ती कपडा नच्यातिएका र सफा हुनुपर्नेछ । हाम्रो उद्देश्य काम नलाग्ने कपडा जम्मा गरेर बाँड्ने होइन, राम्रा कपडा अरूलाई पनि सफा मनले दिन प्रेरित गर्नु हो,’ उनले भने, ‘यसले कपडा दिने र लिने दुवैलाई आत्मसन्तुष्टि र आत्मसम्मान होस् ।’

प्रतिक्रिया दिनुहोस्