भाद्र १०, नुवाकोट– रसुवा जिल्लामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको हेडरेस सुरुङ निर्माणकार्य सम्पन्न भएको छ । आयोजनाको चार हजार १८५ मिटर लम्बाइको मुहानदेखि विद्युतगृहसम्मको हेडरेस सुरुङको गत आइतबार ‘ब्रेक थ्रू’ गरिएको आयोजनाले जनाएको हो । आयोजनाका अनुसार सात मिटर गोलाकार सुरुङको दोस्रो अडिटबाट तल तथा तेस्रोबाट माथि पर्ने दुई हजार ३०३ मिटर लामो खण्ड दुई हजार ९०५ मिटर विन्दुमा पुगेर आइतबार जोडिएको हो
वि.सं २०७१ सालको मंसिरबाट सुरुङ खन्ने कार्य सुरु भएपनि भूकम्प लगायतका कारणले केहि ढिला भएको थियो । करिव १३ अर्ब ६४ करोड रुपैयाँ लगानीमा बनिरहेको रसुवागढी जलविद्युत आयोजनाको हालसम्म ६८ प्रतिशत काम पुरा भएको छ ।
रसुवागढी जलविद्युतको हेडरेस सुरुङ सम्पन्न

प्रतिक्रिया दिनुहोस्