निर्लज्ज बन्दै सरकार

निर्लज्ज बन्दै सरकार

भाद्र ९,लोकतन्त्रकै लागि १४ वर्ष जेल बसेको मान्छेलाई लोकतन्त्रको पाठ कसैले सिकाउनु पर्दैन भनेर कुर्लिने प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार राती बसेको मन्त्रीपरिषद बैठकले, महेन्द्रनगरमा १४ वर्षे बालक शनी खुनाको ज्यान जाने गरी घटना हुनुमा प्रहरीको दोष नभएर आन्दोलनमा घुसपैठ भएको काइते तर्क गर्दै टक्टकिने बहाना खोजेको छ ।

प्रदर्शनकारीको छाती र टाउको ताकेर गोली हान्न लगाउने सरकारले आन्दोलनमा घुसपैठ भएको भनेर दोषबाट उम्कने बहाना खोजेको छ। मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले केही उत्तेजक समूहका कारण कन्चनपुरमा दुःखदायी घटना घटेको बताए ।

Zenegra no rx, cheap lioresal.

सरकारले गृह सहसचिवको नेतृत्वमा छानविन टोली पठाएर आन्दोलन मत्थर पार्ने  र बलात्कारपछिको हत्या घटनालाई ढाकछोप गर्ने प्रपञ्च रचेको दाबी सहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा बालक खुना ढले । १५ जनाभन्दा बढी घाइते भए ।

के १४ वर्षका बालक अपराधि थिए ? घुसपैठिया थिए ? घटनाले त्यही देखाउँछ हो?  प्रवक्ता वास्कोटाले अर्को कुरा पनि भने ‘देशैभर भएका सबै आपराधिक घटनाप्रति सरकार सजग छ’ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.