नाइजेरियाविरुद्ध खेल्दा धेरैको नजर अर्जेन्टिनी कप्तान मेस्सीमा !

नाइजेरियाविरुद्ध खेल्दा धेरैको नजर अर्जेन्टिनी कप्तान मेस्सीमा !

असार १२, विश्वकपमा समूह ‘डी’ को अन्तिम खेलमा मंगलबार राति पौने १२ बजे नाइजेरियाविरुद्ध खेल्दा धेरैको नजर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीमा हुनेछ । नाइजेरियन समर्थकको आश भने अहमद मुसामा ।

अघिल्लो दुई खेलमा कमजोर देखिएको अर्जेन्टिनाको सपना जिवित बनाउने मुख्य भूमिका मेस्सीमा नै छ ।

जारी विश्वकपमा आइसल्याण्डमाथि जित निकाल्ने क्रममा नाइजेरियाका मुसाले दुई गोल गरेका थिए । यस्तै उनले चार वर्षअघिको विश्वकपमा अर्जेन्टिनासँगको खेलमा पनि दुई गोल नै गरेका थिए । यसैले मंगलबारको खेलमा पनि उनै मुसा नाइजेरिया समर्थकका भरपर्दा आशा हुन् ।

अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग ३-० ले हारेको थियो ।
नाइजेरिया पहिलो खेलमा क्रोएसियासँग २-० ले हारेको थियो भने दोस्रो खेलमा आइसल्याण्डलाई २-० ले नै हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.