अष्ट्रेलियामा ३० औं प्रधानमन्त्री चयन

अष्ट्रेलियामा ३० औं  प्रधानमन्त्री चयन

भाद्र ८,  अष्ट्रेलियामा नयाँ प्रधानमन्त्री स्कट मोरिसन चयन भएको छ । अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् ।

पार्टीका कोषाध्यक्ष मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मत मात्रै प्राप्त गरे । अर्की प्रतिद्वन्द्वी जुली बिसप भने पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

अष्ट्रेलियामा सन् २००७ को निर्वाचन पछि ६ जना प्रधानमन्त्री परिवर्तन भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help